Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हर्क साम्पाङ द्वारा साइबर ब्युरोमा उजुरी दर्ता

काठमाडौं — हर्क साम्पाङ ले आफूविरुद्ध ज्यान मार्ने धम्की आएको भन्दै नेपाल प्रहरी साइबर ब्युरो मा उजुरी दर्ता गरेका छन्। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले सुनिता खड्का नाम गरेकी एक महिलाविरुद्ध…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — हर्क साम्पाङ ले आफूविरुद्ध ज्यान मार्ने धम्की आएको भन्दै नेपाल प्रहरी साइबर ब्युरो मा उजुरी दर्ता गरेका छन्।

श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका साम्पाङले सुनिता खड्का नाम गरेकी एक महिलाविरुद्ध उजुरी दिएका हुन्। उनले उजुरीमा ती महिला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समर्थक रहेको दाबी गरेका छन्।

उजुरीमा साम्पाङले लेखेका छन् कि खड्काले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई ज्यान मार्ने तथा घर जलाउनेसम्मको धम्की दिएको आरोप लगाएका छन्। साथै, उनले सार्वजनिक रूपमा गालीगलौजसमेत गरेको उल्लेख गर्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण गराएका छन्।

“मलाई रास्वपाका समर्थक सुनिता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउनेसम्मको धम्की आमसञ्चारमा दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँदै उनलाई तुरुन्तै पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही चलाउन अनुरोध गर्दछु,” उनले उजुरीमा भनेका छन्।

साम्पाङले उक्त उजुरी आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै सरकारमाथि समेत प्रश्न उठाएका छन्। “कारबाही गर्छ कि गर्दैन त आफ्नो समर्थकलाई सरकारले ?” उनले लेखेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/