Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

स्वदेशी राइड–सेयरिङ सेवाको अनुहार बनिन् वर्षा सिवाकोटी

नेपाली युवाको पहलमा सञ्चालनमा आएको ‘ल बसम’ राइड–सेयरिङ सेवाले अभिनेत्री वर्षा सिवाकोटीलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। कम्पनीले औपचारिक रूपमा उनलाई व्यवसायिक दूत बनाइएको जानकारी दिएको हो। स्वदेशी लगानी र…


विज्ञापनAdvertisement Banner
1 min read

नेपाली युवाको पहलमा सञ्चालनमा आएको ‘ल बसम’ राइड–सेयरिङ सेवाले अभिनेत्री वर्षा सिवाकोटीलाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ। कम्पनीले औपचारिक रूपमा उनलाई व्यवसायिक दूत बनाइएको जानकारी दिएको हो।

स्वदेशी लगानी र सीपमा आधारित यो सेवा हाल काठमाडौंबाट सञ्चालनमा आएको छ। कम्पनीले निकट भविष्यमा देशका अन्य सहरहरूमा पनि सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

ब्रान्ड एम्बेसडर नियुक्त भएपछि अभिनेत्री सिवाकोटीले स्वदेशी प्रविधिमा आधारित सेवासँग जोडिन पाउँदा खुशी व्यक्त गरेकी छन्। पछिल्लो समय उनी नेपाली फिल्म क्षेत्रमा व्यस्त र लोकप्रिय अभिनेत्रीका रूपमा चिनिन्छिन्।

कम्पनीका सञ्चालक विष्णुराज गिरीले विदेशी राइड–सेयरिङ एपमार्फत ठूलो रकम बाहिरिने गरेको उल्लेख गर्दै स्वदेशी विकल्पको विकास महत्वपूर्ण उपलब्धि भएको बताए।

अभिनयतर्फ सिवाकोटी हाल ‘टिका’ नामक फिल्ममा व्यस्त रहेकी छन्। यसअघि पनि उनी विभिन्न ब्रान्डहरूसँग आबद्ध भइसकेकी छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/