Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

ओली र लेखकविरुद्ध अनुसन्धानका लागि १० दिन म्याद माग

काठमाडौं — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक माथि अनुसन्धान गर्न प्रहरीले अदालतसँग १० दिनको म्याद थप माग गरेको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख रामहरि काफ्लेले दुवै नेतालाई…


विज्ञापनAdvertisement Banner
1 min read
Screenshot

काठमाडौं — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक माथि अनुसन्धान गर्न प्रहरीले अदालतसँग १० दिनको म्याद थप माग गरेको छ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख रामहरि काफ्लेले दुवै नेतालाई हिरासतमा राखेर थप अनुसन्धान गर्न आवश्यक भएको भन्दै अदालतमा म्याद थपको निवेदन पेश गरिएको जानकारी दिए।

उक्त निवेदनमाथि जिल्ला अदालत काठमाडौंका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठ को इजलासमा सुनुवाइ भइरहेको छ। स्रोतका अनुसार आजै म्याद थप गर्ने वा नगर्ने विषयमा निर्णय आउने सम्भावना रहेको छ।

पूर्वप्रधानमन्त्री ओलीलाई भने स्वास्थ्य अवस्थाका कारण शिक्षण अस्पतालबाट भिडियो कन्फरेन्समार्फत अदालतमा उपस्थित गराइएको थियो। दुवै पक्षका कानुन व्यवसायीले बहस गरिरहेका छन्, जसका आधारमा अदालतले आदेश जारी गर्नेछ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/