spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारकेपी ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी

केपी ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य अवस्थासम्बन्धी कारणले भौतिक रूपमा अदालतमा उपस्थित गराउन नसकिने भएपछि भिडियो कन्फरेन्सिङ (भर्चुअल) माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी सुरु भएको छ।

शनिबार बिहानै गुण्डुबाट पक्राउ परेका ओलीलाई तत्काल त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा उनको स्वास्थ्य परीक्षण गर्दा चिकित्सकहरूले उनलाई डुलाएर ल्याउने सट्टा अस्पतालमै राख्न सल्लाह दिएका थिए।

चिकित्सकहरुको सल्लाह अनुसार सरकारी वकिल कार्यालयले भिडियो कन्फरेन्सिङ मार्फत् ओलीलाई अदालतमा उपस्थित गराउने तयारी थालेको स्रोतले जनाएको छ।

यसैबीच, काठमाडौं जिल्ला अदालत र जिल्ला प्रहरी परिसर आसपास क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ।

ओलीसँगै पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई भने शनिबार नै अदालतमा उपस्थित गराइसकिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here