Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सरकारको १०० दिने कार्यसूची: सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य

काठमाडौं — सरकारले सार्वजनिक यातायातलाई सुरक्षित बनाउने उद्देश्यसहित सबै सवारी साधनमा सीसीटीभी जडान गर्ने घोषणा गरेको छ। विशेषगरी सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा न्यूनीकरण गर्न यस्तो व्यवस्था लागू गर्न लागिएको हो। सरकारले…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — सरकारले सार्वजनिक यातायातलाई सुरक्षित बनाउने उद्देश्यसहित सबै सवारी साधनमा सीसीटीभी जडान गर्ने घोषणा गरेको छ। विशेषगरी सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा न्यूनीकरण गर्न यस्तो व्यवस्था लागू गर्न लागिएको हो।

सरकारले सार्वजनिक गरेको १०० दिने कार्यसूचीअन्तर्गत यो योजना अघि सारिएको हो। यससँगै राइड–शेयरिङ सेवाहरूमा पनि सुरक्षा मापदण्ड कडाइ गरिने भएको छ। ती एपहरूमा ‘एसओएस बटन’ अनिवार्य गरिनेछ, जसबाट आकस्मिक वा जोखिमपूर्ण अवस्थाको सूचना तत्काल प्रहरीसम्म पुग्ने व्यवस्था मिलाइनेछ। उक्त कार्य ३० दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सरकारले ‘ब्लु बस’ सेवा सञ्चालनमा ल्याउने योजना पनि अघि सारेको छ। सातै प्रदेशमा विस्तार गरिने यस सेवाअन्तर्गत पहिलो चरणमा १०० दिनभित्र कम्तीमा २५ वटा बस सञ्चालनमा ल्याइने जनाइएको छ।

सरकारले यी कार्यक्रममार्फत सार्वजनिक यातायातलाई सुरक्षित, भरपर्दो र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/