Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पश्चिमी वायुको प्रभाव: चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं — हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहँदा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीका कारण देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ भने…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव कायम रहँदा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यस प्रणालीका कारण देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ भने केही स्थानहरूमा वर्षा र हिमपातसमेत भइरहेको छ।

हाल कोशी र बागमती प्रदेशका केही क्षेत्रमा मध्यम वर्षा र उच्च हिमाली भेगमा हिमपात भइरहेको जनाइएको छ। यसैगरी आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने सम्भावना छ।

महाशाखाले पहाडी र हिमाली क्षेत्रका थोरै स्थानहरूमा चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने अनुमान गरेको छ। विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरू प्रभावित हुन सक्नेछन्।

आज राति पनि यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ भने तराईका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ। साथै, केही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्हरूले चट्याङ र वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/