Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं — केपी शर्मा ओली र रमेश लेखक लाई प्रहरीले शनिबार पक्राउ गरेको छ। नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार पूर्वप्रधानमन्त्री ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र पूर्वगृहमन्त्री लेखकलाई कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिइएको…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — केपी शर्मा ओली र रमेश लेखक लाई प्रहरीले शनिबार पक्राउ गरेको छ।

नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार पूर्वप्रधानमन्त्री ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र पूर्वगृहमन्त्री लेखकलाई कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिइएको हो। दुवैलाई पक्राउपछि जिल्ला प्रहरी कार्यालयमा ल्याउने प्रक्रिया जारी रहेको बताइएको छ।

नयाँ सरकार गठनपछिको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै यो कारबाही अघि बढाइएको स्रोतले जनाएको छ।

यसअघि गृहमन्त्री सुधन गुरुङ ले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल सँग पक्राउ सम्बन्धी विषयमा छलफल गरेका थिए।

प्रहरी स्रोतका अनुसार पक्राउ अघि सरकारसँग औपचारिक लिखित आदेश माग गरिएको थियो। यस क्रममा मध्यराति कानुन मन्त्रालयका सचिवलाई समेत नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा बोलाइएको बताइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/