Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ, छानबिन सिफारिसपछि कारबाही अघि बढ्यो

काठमाडौं — पूर्व गृहमन्त्री रमेश लेखक लाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सशस्त्र प्रहरीको सहयोगमा शनिबार बिहान करिब ५:४० बजे भक्तपुरको कटुञ्जेबाट उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — पूर्व गृहमन्त्री रमेश लेखक लाई प्रहरीले पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सशस्त्र प्रहरीको सहयोगमा शनिबार बिहान करिब ५:४० बजे भक्तपुरको कटुञ्जेबाट उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार लेखकलाई जरुरी पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको हो। हाल उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरिएको बताइएको छ।

भदौ २३ गते भएको ‘जेनजी’ आन्दोलनका बेला लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए। सो दिन काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर केही किशोरहरूको मृत्यु भएको थियो। उक्त घटनापछि लेखकले सोही साँझ पदबाट राजीनामा दिएका थिए।

यस घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र लेखकसहित केन्द्रीय सुरक्षा समितिका पदाधिकारीमाथि फौजदारी मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो।

शुक्रबार बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसपछि गृहमन्त्री सुधन गुरुङ ले प्रहरी महानिरीक्षक र सशस्त्र प्रहरी प्रमुखसँग छलफल गर्दै पक्राउ प्रक्रिया अघि बढाएका थिए।

प्रहरीका अनुसार लेखकलाई भक्तपुर सूर्यविनायक नगरपालिका–५ स्थित निवासबाट नियन्त्रणमा लिइएको हो। अब यस प्रकरणमा थप अनुसन्धान प्रक्रिया अघि बढ्ने जनाइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/