Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

डिएसपी दिपेस बस्याल बालेन शाहको पिएसओमा नियुक्त, आज शपथग्रहण

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को निजी सुरक्षा अधिकृत (पिएसओ) का रूपमा नेपाल प्रहरीका डिएसपी दिपेस बस्याल नियुक्त भएका छन्। शाहले आज शुभ साइत पारेर प्रधानमन्त्रीको…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को निजी सुरक्षा अधिकृत (पिएसओ) का रूपमा नेपाल प्रहरीका डिएसपी दिपेस बस्याल नियुक्त भएका छन्। शाहले आज शुभ साइत पारेर प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

शाहको सुरक्षालाई थप सुदृढ बनाउन अनुभवी अधिकृत बस्याललाई पिएसओको जिम्मेवारी दिइएको हो। सुरक्षा व्यवस्थापनमा दक्ष मानिने बस्यालले विभिन्न संवेदनशील क्षेत्रमा काम गरिसकेका छन्।

प्राप्त विवरणअनुसार बस्याल २०६४ सालमा प्रहरी सहायक निरीक्षकका रूपमा सेवामा प्रवेश गरेका थिए भने २०७० सालमा प्रहरी निरीक्षकमा पदोन्नति भएका थिए। उनले जिल्ला प्रहरी परिसरमा कार्यरत रहँदा चर्चित भूटानी शरणार्थी प्रकरणको अनुसन्धानमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। सो समयमा परिसर प्रमुख हालका प्रहरी महानिरीक्षक दान बहादुर कार्की रहेका थिए।

यसअघि बस्यालले प्यूठान जिल्ला प्रहरी कार्यालयको नेतृत्व गर्नुका साथै बुटवल ट्राफिक व्यवस्थापनको कमाण्ड पनि सम्हालिसकेका छन्। उनको कार्य अनुभव र नेतृत्व क्षमतालाई ध्यानमा राख्दै शाहको व्यक्तिगत सुरक्षाको जिम्मेवारी सुम्पिएको बताइएको छ।

उता, शाहको शपथग्रहण कार्यक्रमलाई लक्षित गर्दै बटुकहरूको तयारी समेत पूरा भएको छ। कार्यक्रममा उच्च सुरक्षा सतर्कता अपनाइने जनाइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/