Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ९०० रुपैयाँले घटेको हो। आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ९०० रुपैयाँले घटेको हो।

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६०० रुपैयाँ कायम भएको छ भने १० ग्राम सुनको भाउ २ लाख ४४ हजार ८५५ रुपैयाँ निर्धारण गरिएको छ।

यसअघिको कारोबारमा भने सुन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ र १० ग्रामको २ लाख ४७ हजार ३४० रुपैयाँमा किनबेच भएको थियो।

सुनसँगै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १०० रुपैयाँले घटेर ४ हजार ८२० रुपैयाँमा झरेको छ। त्यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार १३३ रुपैयाँ कायम भएको छ।

अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ९२० रुपैयाँ र १० ग्रामको ४ हजार २१८ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य उतारचढावको प्रभाव नेपाली बजारमा समेत देखिएको महासंघले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/