spot_img
20.9 C
Kathmandu
spot_img
Homeसमाचारपश्चिमी र स्थानीय वायुको प्रभाव कायम, तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव कायम, तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं — मौसम पूर्वानुमान महाशाखा का अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ, जसका कारण देशका विभिन्न भूभागमा मौसममा बदली देखिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। तराई भूभागमा भने मौसम मुख्यतया सफा रहने जनाइएको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, अन्य पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, रातिको समयमा पनि हिमाली भूभागमा सामान्य बदली रहनेछ भने पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।

महाशाखाले सम्भावित वर्षा र चट्याङका कारण सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here