spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारउन्नति सहकार्य लघुवित्तको साधारण सभा चैत २८ गते, लाभांश नदिने

उन्नति सहकार्य लघुवित्तको साधारण सभा चैत २८ गते, लाभांश नदिने

काठमाडौं — उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले ११औँ वार्षिक साधारण सभा चैत २८ गते बस्ने भएको छ। कम्पनीको सञ्चालक समितिको चैत ५ गतेको बैठकले बिहान १० बजे रुपन्देहीस्थित एशियन बुद्ध होटलमा सभा गर्ने निर्णय गरेको हो।

यस वर्ष कम्पनीले शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने जनाएको छ, जसका कारण लगानीकर्ताहरू खाली हात रहनेछन्।

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश गरिनेछ।

त्यसैगरी, संस्थापक समूहको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना सञ्चालक नियुक्त गर्ने एजेण्डा पनि रहेको छ।

कम्पनीले अन्य लघुवित्त संस्थासँग मर्जर वा एक्विजिसनमा जान आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत राखेको छ। साथै, नियामक निकायबाट निर्देशन आएमा सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विषय पनि सभामा छलफल हुनेछ।

संस्थापक र सर्वसाधारण शेयर स्वामित्व अनुपात क्रमशः ५५.५८ प्रतिशत र ४४.४२ प्रतिशत कायम गर्ने गरी संशोधन प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गते बुक क्लोज गर्ने जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here