spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारपश्चिमी वायु सक्रिय: देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायु सक्रिय: देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं — हाल देशभर पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसममा बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी पहाडी तथा हिमाली भूभागमा यसको प्रभाव बढी देखिने भएको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रहरूमा आंशिक बदली रहनेछ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने बताइएको छ। अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि यस्तै किसिमको मौसम रहने सम्भावना रहेको छ।

आज राति पनि सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी र हिमाली भूभागमा बदली कायम रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ।

मौसमविद्हरूले चट्याङ्ग र वर्षाका कारण सतर्कता अपनाउन आग्रह गरेका छन्, विशेषगरी पहाडी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन सुझाव दिइएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here