Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

प्रधानमन्त्री कार्की सिंहदरबारबाट बिदा

नयाँ प्रधानमन्त्री का रुपमा बालेन शाहले शुक्रबार पदभार ग्रहण गर्ने भएपछि प्रधानमन्त्री सुशीला कार्की प्रधानमन्त्रीय जिम्मेवारीबाट अलग हुने अन्तिम तयारीमा पुगेकी छन्। नयाँ प्रधानमन्त्री बालेन शाहले शुक्रबार नै शपथ लिने तयारी भइरहेको…


विज्ञापनAdvertisement Banner
2 min read

नयाँ प्रधानमन्त्री का रुपमा बालेन शाहले शुक्रबार पदभार ग्रहण गर्ने भएपछि प्रधानमन्त्री सुशीला कार्की प्रधानमन्त्रीय जिम्मेवारीबाट अलग हुने अन्तिम तयारीमा पुगेकी छन्। नयाँ प्रधानमन्त्री बालेन शाहले शुक्रबार नै शपथ लिने तयारी भइरहेको जनाइएको छ।

आफ्नो जिम्मेवारी हस्तान्तरण हुन केही दिन मात्र बाँकी रहँदा कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आफूलाई अलग गरिसकेकी छन्। कार्यालय स्रोतका अनुसार उनले अब नियमित रूपमा कार्यालय नआउने जानकारी दिँदै अनौपचारिक रूपमा विदा लिएकी हुन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसँग सम्बन्धित एक उपसचिवले बताएअनुसार कर्मचारीहरूले औपचारिक बिदाइ कार्यक्रम गर्ने प्रस्ताव राखेका थिए। तर, कार्कीले औपचारिकता आवश्यक नभएको भन्दै सामान्य रूपमा नै बिदा हुने इच्छा व्यक्त गरेकी थिइन् । उक्त स्रोतका अनुसार त्यसपछि उनी सिंहदरबारस्थित कार्यालय गएकी छैनन्। कार्यालयमा रहेका उनका व्यक्तिगत तथा अन्य सामग्रीहरू सचिवालयका कर्मचारीहरूले संकलन गरेर लगिसकेका छन्। प्रधानमन्त्रीको निवासबाट प्रधानमन्त्री कार्कीको परिवारले आफ्नो सामान टोखास्थित नीजि निवासमा सारिसकेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/