Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सेयर बजारमा उच्च वृद्धि, करिब १५ अर्ब रुपैयाँको कारोबार

काठमाडौं— साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य रूपमा बढेको छ। अघिल्लो दिन सामान्य वृद्धि देखिएको बजार आज २३.८३ अंकले उकालो लाग्दै २९६०.४० विन्दुमा पुगेको हो। आजको कारोबारमा…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं— साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उल्लेख्य रूपमा बढेको छ। अघिल्लो दिन सामान्य वृद्धि देखिएको बजार आज २३.८३ अंकले उकालो लाग्दै २९६०.४० विन्दुमा पुगेको हो।

आजको कारोबारमा कुल १३६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ११७ कम्पनीको मूल्य घटेको छ। त्यस्तै, ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको देखिएको छ। सेन्सेटिभ इन्डेक्स पनि १.९७ अंकले बढेर ५०७ विन्दुमा पुगेको छ।

उपसूचकतर्फ हेर्दा १३ मध्ये ८ वटा उपसूचकमा हरियाली छाएको छ भने ५ वटा उपसूचक घटेका छन्, जसले बजारमा समग्र सकारात्मक माहोल देखाएको छ।

कारोबार रकमका हिसाबले पनि आजको दिन उल्लेख्य रह्यो। कुल ३४१ कम्पनीका ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता सेयर १ लाख २६ हजार ९४७ पटक किनबेच हुँदा १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन ६ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ, जसले लगानीकर्ताको उत्साह बढाएको संकेत गर्छ।

विश्लेषकहरूका अनुसार बजारमा बढ्दो लगानीकर्ता आकर्षण, बैंकिङ तरलता र सकारात्मक मनोविज्ञानका कारण नेप्सेमा यस्तो सुधार देखिएको हो।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/