Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

अमेरिकी डलरको भाउ पुग्यो हालसम्मकै उच्च विन्दुमा

काठमाडौं — नेपाली बजारमा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार एक अमेरिकी डलरको खरीददर १५०.०७ रुपैयाँ र बिक्रीदर १५०.६७ रुपैयाँ…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — नेपाली बजारमा अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार एक अमेरिकी डलरको खरीददर १५०.०७ रुपैयाँ र बिक्रीदर १५०.६७ रुपैयाँ कायम भएको छ।

यो विनिमयदर अहिलेसम्मकै उच्च रहेको बताइएको छ, जसले आयातमुखी अर्थतन्त्रमा थप दबाब सिर्जना गर्न सक्ने देखिन्छ। डलरको मूल्य वृद्धि हुँदा पेट्रोलियम पदार्थ, औषधि, तथा अन्य आयातित वस्तुको मूल्यमा प्रभाव पर्ने सम्भावना रहन्छ।

त्यसैगरी, अन्य विदेशी मुद्राहरूको विनिमयदर पनि सार्वजनिक गरिएको छ। एक अष्ट्रेलियन डलरको खरीददर १०४.८५ रुपैयाँ र बिक्रीदर १०५.२७ रुपैयाँ निर्धारण गरिएको छ। कतारी रियालको खरीददर ४१.०६ रुपैयाँ र बिक्रीदर ४१.२२ रुपैयाँ तोकिएको छ भने १०० दक्षिण कोरियन वोनको खरीददर १०.०६ रुपैयाँ र बिक्रीदर १०.१० रुपैयाँ कायम गरिएको छ।

विज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मजबुती र नेपालमा बढ्दो आयातका कारण डलरको माग उच्च रहँदा विनिमयदरमा यस्तो वृद्धि देखिएको हो। उनीहरूले दीर्घकालीन रूपमा विदेशी मुद्रा सञ्चिति व्यवस्थापन र निर्यात प्रवर्द्धनमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/