Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

पश्चिमी तथा स्थानीय वायुको प्रभाव: देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं — हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण देशका विभिन्न भागमा मौसम बदली हुने क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। महाशाखाका…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसका कारण देशका विभिन्न भागमा मौसम बदली हुने क्रम जारी रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेश लगायत देशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य क्षेत्रहरूमा आंशिक बदली देखिएको छ। कोशी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ।

आज (सोमबार) देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। विशेषगरी पहाडी र हिमाली भू-भागमा बदली बढ्नेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा तथा अन्य प्रदेशका यस्ता भू-भागका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

महाशाखाले सम्भावित मौसमीय जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, अद्यावधिक मौसम जानकारी नियमित रूपमा लिन पनि अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/