Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

५४.५१ अंकले उकालो लाग्यो सेयर बजार, कारोबार २३ अर्ब नाघ्यो

काठमाडौं । आइतबार नेपाल स्टक बजारमा सकारात्मक माहोल देखिएको छ। नेप्से परिसूचक ५४.५१ अंकले वृद्धि भई २९३१ बिन्दुमा पुगेको छ, जुन पछिल्लो करिब आठ महिनाकै उच्च स्तर हो। यसअघि पनि बजारले मजबुत…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं । आइतबार नेपाल स्टक बजारमा सकारात्मक माहोल देखिएको छ। नेप्से परिसूचक ५४.५१ अंकले वृद्धि भई २९३१ बिन्दुमा पुगेको छ, जुन पछिल्लो करिब आठ महिनाकै उच्च स्तर हो। यसअघि पनि बजारले मजबुत उकालो लिँदै निरन्तर सुधारको संकेत दिएको थियो।

कारोबार रकममा समेत उल्लेख्य वृद्धि देखिएको छ। अघिल्लो दिन २१ अर्ब २२ करोड रुपैयाँमा सीमित रहेको कारोबार आइतबार बढेर २३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। यो कारोबार रकम पनि लामो समयपछि उच्च बिन्दुमा पुगेको मानिएको छ।

आज कुल १८३ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने ७३ कम्पनीको मूल्य घटेको छ। ८ कम्पनीको मूल्य स्थिर रहेको छ। व्यापार समूहबाहेक अन्य सबै समूहमा हरियाली देखिएको छ भने व्यापार समूहमा सामान्य ०.११ प्रतिशतको गिरावट आएको छ।

समूहगत सूचकतर्फ माइक्रोफाइनान्स क्षेत्र सबैभन्दा अगाडि देखिएको छ, जसले ४.२१ प्रतिशतले वृद्धि गरेको छ। बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य समूहहरू पनि सकारात्मक दिशामा अघि बढेका छन्।

यस दिन १० कम्पनीको सेयर मूल्यमा उच्चतम १० प्रतिशतको वृद्धि भएको छ। उल्लेख्य वृद्धि गर्ने कम्पनीहरूमा रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, अभियान लघुवित्त, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, होटल फरेस्ट इन र विजय लघुवित्त रहेका छन्।

यता, सुपर मादी हाइड्रोपावरको सेयर मूल्य भने सबैभन्दा बढी ३.१५ प्रतिशतले घटेको छ। कारोबारको आधारमा कुमारी बैंक, नेसनल हाइड्रोपावर, शिवम् सिमेन्ट, ङादी ग्रुप र हिमाल दोलखा हाइड्रोपावर अग्रस्थानमा रहेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/