Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौं — रुकुम पूर्व जिल्लामा निरन्तर भइरहेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। गएरातिदेखि सुरु भएको हिमपातले भुमे गाउँपालिका–१ अन्तर्गत पर्ने लुकुम–पातिहाल्ना खण्ड पूर्ण रूपमा बन्द भएको हो। सडक अवरुद्ध…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — रुकुम पूर्व जिल्लामा निरन्तर भइरहेको भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। गएरातिदेखि सुरु भएको हिमपातले भुमे गाउँपालिका–१ अन्तर्गत पर्ने लुकुम–पातिहाल्ना खण्ड पूर्ण रूपमा बन्द भएको हो।

सडक अवरुद्ध भएपछि काठमाडौँबाट छुटेका रात्रिबससहित विभिन्न सवारीसाधन बीच बाटोमै रोकिएका छन्। हाल उक्त क्षेत्रमा ७ वटा बस, एउटा जिप र ५ वटा मोटरसाइकल रोकिएको अवस्थामा छन्। करिब २५० भन्दा बढी यात्रु अलपत्र परेका छन्।

लगातार वर्षा र हिमपात जारी रहेकाले सडक सञ्चालनमा थप कठिनाइ उत्पन्न भएको छ। साथै, सो क्षेत्रमा सञ्चार सेवा समेत अवरुद्ध हुँदा अवस्थाको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।

अलपत्र परेका यात्रुहरूको उद्धारका लागि स्थानीय तहसँग समन्वय भइरहेको छ भने मौसम सुधार भएसँगै सडक खुलाउने प्रयास गरिने जनाइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *