Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

बिहारबाट प्रवेश गरेको वर्षा प्रणाली आज बागमती प्रदेशमा सक्रिय, चितवनमा बढी प्रभावको अनुमान

काठमाडौं — भारतको बिहार क्षेत्रबाट नेपाल प्रवेश गरेको वर्षा प्रणालीका कारण आज बागमती प्रदेशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। विशेषगरी चितवन र आसपासका क्षेत्रमा ठूलो वर्षा हुने अनुमान…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — भारतको बिहार क्षेत्रबाट नेपाल प्रवेश गरेको वर्षा प्रणालीका कारण आज बागमती प्रदेशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। विशेषगरी चितवन र आसपासका क्षेत्रमा ठूलो वर्षा हुने अनुमान गरिएको छ।

मौसमविद् उज्जवल उपाध्यायका अनुसार भारतको गोरखपुर–बगाहा हुँदै प्रवेश गरेको उक्त प्रणाली उत्तर–पूर्वतर्फ सर्ने क्रममा रहेको छ। नेपालमा पहिलेदेखि सक्रिय रहेको मौसमी प्रणालीसँग ठोक्किने भएकाले केही समय तीव्र वर्षा हुने सम्भावना रहेको उनले बताए।

उनका अनुसार वर्षा प्रणाली पश्चिम चितवनबाट सुरु भई पूर्वतर्फ सर्नेछ। यसका कारण चितवनको भण्डारा, टाँडी, भरतपुर, मुग्लिङ र शक्तिखोर क्षेत्रमा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ।

यस्तै, धादिङ र उत्तरी मकवानपुर हुँदै यो प्रणाली बिहान करिब १० देखि ११ बजेको आसपासमा काठमाडौं उपत्यकामा पुग्ने अनुमान गरिएको छ। तर, उपत्यकामा आइपुग्दा प्रणाली केही कमजोर हुने भएकाले ठूलो वर्षाको सम्भावना भने कम रहेको जनाइएको छ।

मौसमविद्हरूका अनुसार यो वर्षा प्रणालीको प्रभाव अधिकतम तीन घण्टासम्म रहनेछ। त्यसपछि भने क्रमशः मौसम खुल्दै जाने अपेक्षा गरिएको छ। मौसमविद् हरिप्रसाद दाहालले आज रातिबाट प्रणालीको प्रभाव कम हुँदै जाने बताएका छन्।

यसअघि शुक्रबार देशका विभिन्न स्थानमा मेघगर्जनसहित हुरीबतास र असिनापानी परेको थियो, जसले जनजीवन प्रभावित बनाएको थियो। केही स्थानमा बालीनाली तथा संरचनामा सामान्य क्षति समेत पुगेको थियो।

जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा सबैभन्दा धेरै वर्षा मोरङको लेटाङमा मापन गरिएको छ, जहाँ ६१.६ मिलिमिटर वर्षा रेकर्ड भएको छ।

वर्षासँगै भलबाढी, हुरीबतास र चट्याङको जोखिम बढ्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दाहरूलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/