Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

११ वर्ष जेल बसेर छुटेका व्यक्ति फेरि चोरीमा संलग्न, दुई जना पक्राउ

काठमाडौं — ११ वर्ष लामो कैद सजाय भुक्तान गरेर जेलबाट छुटेका एक व्यक्ति पुनः चोरीमा संलग्न भएको खुलेपछि प्रहरीले उनलाई अर्का एक सहयोगीसहित पक्राउ गरेको छ। ललितपुरको महालक्ष्मी नगरपालिका–६, सिद्धिपुरस्थित कृष्ण प्रसाद…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं — ११ वर्ष लामो कैद सजाय भुक्तान गरेर जेलबाट छुटेका एक व्यक्ति पुनः चोरीमा संलग्न भएको खुलेपछि प्रहरीले उनलाई अर्का एक सहयोगीसहित पक्राउ गरेको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका–६, सिद्धिपुरस्थित कृष्ण प्रसाद श्रेष्ठको घरमा चैत ३ गते दिउँसै ठूलो परिमाणमा सुनचाँदीका गरगहना चोरी भएको घटनापछि प्रहरी सक्रिय अनुसन्धानमा जुटेको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालय, जिल्ला प्रहरी परिसर ललितपुर तथा प्रहरी वृत्त सातदोबाटोको संयुक्त टोलीले घटनामा संलग्न व्यक्तिहरूलाई खोजी गर्ने क्रममा दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ घर भई हाल काठमाडौँ बस्दै आएका ३२ वर्षीय प्रेम लामा र दोलखाको भीमेश्वर नगरपालिका–२ घर भई हाल काठमाडौँकै कागेश्वरी मनोहरा क्षेत्रमा बसोबास गर्दै आएका ३२ वर्षीय सजन कुमार श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार प्रेम लामा ‘सिरियल चोर’का रूपमा चिनिएका व्यक्ति हुन्। उनी यसअघि पनि पटक–पटक चोरी तथा डकैती मुद्दामा जेल सजाय भुक्तान गरिसकेका छन्। विभिन्न घटनामा गरी उनले करिब ११ वर्ष जेल जीवन बिताएर हालै मात्र छुटेका थिए। तर जेलबाट निस्किएको केही समयमै उनले पुनः चोरीलाई निरन्तरता दिएको अनुसन्धानबाट खुलेको छ।

प्रहरीले उनीहरूको साथबाट चोरी भएका सुन तथा चाँदीका विभिन्न गरगहना बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई प्रहरी वृत्त सातदोबाटोमा राखेर चोरी मुद्दा दर्ता गरिएको छ।

ललितपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/