Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

भूमध्यसागरबाट आएको प्रणालीले भारी वर्षाका साथै ठूलो क्षति

देशका विभिन्न क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ । भूमध्यसागरबाट अफगानिस्तान, पाकिस्तान, भारतको उत्तराखण्ड हुँदै सुदूरपश्चिमबाट यो प्रणाली नेपाल प्रवेश गरेको हो । भारी वर्षाका कारण देशका विभिन्न…


विज्ञापनAdvertisement Banner
1 min read

देशका विभिन्न क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विभागले जनाएको छ । भूमध्यसागरबाट अफगानिस्तान, पाकिस्तान, भारतको उत्तराखण्ड हुँदै सुदूरपश्चिमबाट यो प्रणाली नेपाल प्रवेश गरेको हो । भारी वर्षाका कारण देशका विभिन्न स्थानमा ठूलो क्षति भएको छ । चितवन र बुटवलमा वर्षासँगै आएको हावाहुरीले त्यहाँका स्थानीयको ठूलो नोक्सान गरेको प्रहरीले जनाएको छ । शक्तिशाली पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा समेत पानी परिरहेको छ ।

यसको प्रभावले पश्चिम नेपालका जिल्लाहरुसँगै गण्डकी र बागमतीमा हावाहुरीसँगै पानी परिरहेको छ । यो प्रणाली क्रमश पूर्व सरिरहेको छ । नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश प्रदेशमा अहिले हावाहुरी, मेघगर्जन चट्याङ सहित पानी परिरहेको छ । यसको प्रभाव क्षेत्रमा दिउँसै अन्धकार भएको थियो । दाङ, रुपन्देही, काठमाडौं उपत्यका सहितका जिल्लामा दिउँसै अन्धकार भएकाले सवारी चालकहरु बत्ती बालेर हिंड्नुपरेको छ । आफ्नो काम विशेषले बाहिर रहेकाहरुको दैनिकी प्रभावित भएको छ । यो प्रणली आज र भोलिसम्म कायम रहने सम्भावना छ,त्यसपछि क्रमस सुधार हुदै जाने छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/