spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारचितवनमा रगतको अभाव चर्कियो, रक्तदानका लागि आह्वान

चितवनमा रगतको अभाव चर्कियो, रक्तदानका लागि आह्वान

काठमाडौं — चितवन जिल्लामा रगतको चरम अभाव देखिएको छ। यस अवस्थाले अस्पतालमा उपचाररत बिरामीहरूको उपचार प्रक्रिया प्रभावित हुन थालेपछि नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम सञ्चालन गर्न सबैमा आह्वान गरेको छ।

शाखाका सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका बिरामीहरूका लागि अत्यावश्यक रगतको आपूर्ति अभाव भएको उल्लेख गरिएको छ। विशेषगरी निर्वाचनपछिको अवधिमा रक्तदान कार्यक्रमहरू न्यून हुँदा समस्या झन् गम्भीर बनेको बताइएको छ।

चितवनमा दैनिक करिब १५० युनिट रगतको माग हुने गरेको छ। तर, पर्याप्त रक्तदान कार्यक्रम नहुँदा माग अनुसार आपूर्ति हुन सकेको छैन। हाल भरतपुरस्थित प्रादेशिक रक्तसञ्चार केन्द्र र विभिन्न अस्पतालका इकाइहरूमा बिरामीका आफन्त तथा स्वयमसेवी रक्तदाताहरूले आवश्यकता पूरा गर्ने प्रयास गरिरहेका छन्।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार रगतको अभावका कारण बाहिरबाट आएका बिरामीहरूको उपचारसमेत प्रभावित हुन थालेको छ। विशेषगरी क्यान्सरका बिरामी, सुत्केरी महिला, दुर्घटनामा घाइते तथा शल्यक्रिया गर्नुपर्ने बिरामीहरूलाई रगतको अत्यधिक आवश्यकता पर्ने भएकाले समस्या झन् जटिल बनेको छ।

चितवनका ठूला अस्पतालहरू—भरतपुर अस्पताल, क्यान्सर अस्पताल तथा मेडिकल कलेजहरूमा आकस्मिक अवस्थामा समेत रगत उपलब्ध गराउन कठिनाइ भइरहेको बताइएको छ।

यस अवस्थालाई मध्यनजर गर्दै रेडक्रसले सामूहिक रूपमा रक्तदान कार्यक्रम आयोजना गर्न र स्वयंसेवी रूपमा रक्तदान गर्न सबै संघसंस्था, युवा समूह तथा सर्वसाधारणलाई आग्रह गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here