spot_img
19.1 C
Kathmandu
spot_img
Homeवित्तबीमायूनाइटेड अजोड इन्स्योरेन्सले चैत २६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

यूनाइटेड अजोड इन्स्योरेन्सले चैत २६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं — यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले चैत २६ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम साधारण शेयरधनीहरूलाई १०:१ को अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो।

कम्पनीका अनुसार हालको २ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजीको १० प्रतिशत बराबर २३ लाख १० हजार कित्ता हकप्रद शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा निष्काशन गरिनेछ।

हकप्रद शेयरका लागि कम्पनीले फागुन १७ गते बूक क्लोज गरिसकेको छ। त्यसअनुसार फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्। आवेदन दिने अन्तिम मिति वैशाख १६ गते बैंकिङ समयसम्म तोकिएको छ।

कम्पनीले हकप्रद निष्काशनका लागि इक्रा नेपाल बाट “इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी” प्राप्त गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमता मध्यम स्तरको सुरक्षित रहेको संकेत गर्दछ।

हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।

यस हकप्रद शेयर निष्काशनको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सनराइज क्यापिटल लिमिटेड ले लिएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here