Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आजको मौसम : हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं— देशभर हाल पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। आज दिउँसो हिमाली भूभागमा सामान्यतया…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं— देशभर हाल पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
आज दिउँसो हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने पहाडी र तराई क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान गरिएको छ। विशेषगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।
त्यसैगरी, आज राति लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा सामान्य बदली रहनेछ। बागमती, गण्डकी र कोशी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रहरूमा मौसम मुख्यतया सफा रहने जनाइएको छ।
सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसममा देखिन सक्ने यस प्रकारको परिवर्तनका कारण विशेषगरी हिमाली क्षेत्रमा यात्रा गर्ने तथा कृषि कार्यमा संलग्न नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/