Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा हरियाली, परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

मंगलबार शेयर बजारमा सुधार देखिएको छ। अघिल्लो कारोबार दिन सोमबार घटेर बन्द भएको नेप्से यस दिन भने बढेर बन्द भएको हो। यस दिन नेप्से परिसूचक १३.५१ अंकले वृद्धि भई २८१२.३४ विन्दुमा पुगेको…


विज्ञापनAdvertisement Banner
2 min read

मंगलबार शेयर बजारमा सुधार देखिएको छ। अघिल्लो कारोबार दिन सोमबार घटेर बन्द भएको नेप्से यस दिन भने बढेर बन्द भएको हो।

यस दिन नेप्से परिसूचक १३.५१ अंकले वृद्धि भई २८१२.३४ विन्दुमा पुगेको छ। साथै, सेन्सेटिभ इण्डेक्स २.१४ अंकले बढ्दा फ्लोट इण्डेक्स ०.८९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६७ अंकले वृद्धि भएका छन्।

नेप्सेसँगै कारोबार रकममा पनि बढोत्तरी देखिएको छ। सोमबार ११ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा मंगलबार ३४० स्टकको १ लाख ६ हजार १४० पटकको कारोबारमार्फत १२ अर्ब ३ करोड ४४ लाख ६ हजार रुपैयाँ बराबरको ३ करोड ४८ लाख ५२ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन ४ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, सालपा विकास बैंक र होटल फरेष्ट इनका शेयरमा उच्च वृद्धि देखिएको हो। त्यस्तै, शिवश्री हाइड्रोपावरको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ। घटेका स्टकहरूको गिरावटदर भने ५ प्रतिशतभन्दा कम सीमित रहेको छ।

कारोबार रकमका आधारमा रिडी पावर अग्रस्थानमा रहेको छ, जसको ५६ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आँखुखोला जलविद्युत कम्पनीको ५१ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा नेशनल हाइड्रोपावरको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ।

उपसमूहतर्फ हेर्दा १३ मध्ये ६ उपसमूहमा वृद्धि हुँदा ७ उपसमूहमा सामान्य गिरावट देखिएको छ। जलविद्युत उपसमूह सर्वाधिक १.५९ प्रतिशतले बढेको छ। साथै, बैंकिङ, विकास बैंक, लगानी, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहमा पनि सामान्य सुधार देखिएको छ। घटेका उपसमूहहरूको गिरावटदर भने न्यून रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/