Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

शिखर पावरको आईपीओ सर्वसाधारणमा बाँडफाँड, १ लाख ८४ हजारले पाए शेयर

काठमाडौं - शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ सर्वसाधारणमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज चैत ३ गते बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा कुल ३२ लाख कित्ता आईपीओ बिक्रीको लागि…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – शिखर पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ सर्वसाधारणमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज चैत ३ गते बाँडफाँड गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा कुल ३२ लाख कित्ता आईपीओ बिक्रीको लागि नेपाल धितोपत्र बोर्डबाट पुस १६ गते अनुमति पाएको थियो। यसअघि माघ ६ गतेदेखि ९ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली र माघ २० गतेसम्म आयोजना प्रभावितलाई आईपीओ निष्काशन र बाँडफाँड गरिसकेको थियो।

दोस्रो चरणमा कम्पनीले सामूहिक लगानी कोष, कर्मचारी र सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँमा कुल १८ लाख ४२ हजार ६०० कित्ता आईपीओ बिक्री गरिएको थियो। न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।

बिक्री अवधिभर २६ लाख ८७ हजार ३४७ जनाले आवेदन दिएका थिए, जसमा २६ लाख ५० हजार ८४७ जनाले २ करोड ८३ लाख ९४ हजार ७९० कित्ताका लागि आवेदन स्वीकृत भएको छ। कुल ३६ हजार ५०० जनाको आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेको हुँदा गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ। यसअनुसार १ लाख ८४ हजार २६० जनाले १०/१० कित्ताका दरले शेयर पाएका छन् भने बाँकी २४ लाख ६६ हजार ५८७ जनाको हात रित्तिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/