काठमाडौं — सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड ले आर्थिक वर्ष २०७६/०७७ को नगद लाभांश हालसम्म नबुझेका शेयरधनीलाई यथाशीघ्र बुझिलिन आग्रह गरेको छ।
बैंकले सूचना जारी गर्दै साधारणसभाबाट पारित भएको लाभांश पाँच वर्षसम्म पनि सम्बन्धित शेयरधनीले नबुझेको अवस्थामा उक्त रकम लगानीकर्ता संरक्षण कोष मा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था रहेको जनाएको छ। त्यसैले उक्त आर्थिक वर्षको लाभांश लिन बाँकी रहेका शेयरधनीलाई समयमै सम्पर्क गरी रकम बुझिलिन आग्रह गरिएको हो।
लाभांश लिन बाँकी शेयरधनीहरूले अबको ३५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित बाटुलेघरमा रहेको बैंकको शेयर रजिष्ट्रार सिटिजन्स क्यापिटल लिमिटेड मा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्न बैंकले जनाएको छ।
तोकिएको समयभित्र लाभांश नलिएमा बाँकी रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले सूचनामार्फत जानकारी दिएको




