spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारअपराधहायत होटल तोडफोड तथा प्राइड क्यासिनो लुटपाटमा संलग्न दुई जना पक्राउ

हायत होटल तोडफोड तथा प्राइड क्यासिनो लुटपाटमा संलग्न दुई जना पक्राउ

काठमाडौं — काठमाडौं महानगरपालिका–६ बौद्धस्थित हायत होटलमा तोडफोड गर्दै भित्र रहेको प्राइड क्यासिनोमा लुटपाट र आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २०८२ भदौ २४ गते हायत होटलमा तोडफोड गरी क्यासिनोमा लुटपाट तथा आगजनी गर्ने घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको हो। प्रहरी टोलीले खोजतलासका क्रममा उनीहरूलाई मिति २०८२ फागुन ३० गते बौद्ध क्षेत्रबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–४ घर भई हाल काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने ३७ वर्षीय ‘कुले’ भन्ने कुलध्वज लामा र काभ्रेपलाञ्चोककै तेमाल गाउँपालिका–८ घर भई बौद्ध बस्दै आएका ३७ वर्षीय ‘कोरियन’ भन्ने राकेश लामा रहेका छन्।

प्रहरीका अनुसार कुलध्वज लामाविरुद्ध यसअघि केही सार्वजनिक अपराध र ज्यान मार्ने उद्योगसम्बन्धी पाँच वटा मुद्दा दर्ता भएको छ। त्यस्तै राकेश लामाविरुद्ध केही सार्वजनिक अपराध, अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहारसम्बन्धी सात वटा मुद्दा दर्ता भएको देखिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here