Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

साताको सुन कारोबार: प्रतितोला २ हजार ७ सय रुपैयाँले गिरावट

काठमाडौं – नेपाली बजारमा यस साता सुनको मूल्यमा लगातार उतार–चढाव देखिएको छ। साताको अन्त्यसम्म आइपुग्दा समग्रमा प्रतितोला २ हजार ७ सय रुपैयाँले गिरावट आएको छ। साताको सुरुवात आइतबार सुनको मूल्यमा उल्लेख्य वृद्धि…


विज्ञापनAdvertisement Banner
2 min read
Closeup silver ingots and golden bullions in bank vault. Finance 3d illustration

काठमाडौं – नेपाली बजारमा यस साता सुनको मूल्यमा लगातार उतार–चढाव देखिएको छ। साताको अन्त्यसम्म आइपुग्दा समग्रमा प्रतितोला २ हजार ७ सय रुपैयाँले गिरावट आएको छ।

साताको सुरुवात आइतबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको थियो। आइतबार प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढ्दै सुनको मूल्य ३ लाख १६ हजार ९ सय रुपैयाँ पुगेको थियो। तर सोमबार भने मूल्य घट्दै प्रतितोला ३ हजार ७ सय रुपैयाँले कमी भई ३ लाख १३ हजार २ सय रुपैयाँमा झरेको थियो।

मंगलबार पुनः सुनको मूल्यमा वृद्धि देखियो। सो दिन प्रतितोला ३ हजार ८ सय रुपैयाँले बढेर सुन ३ लाख १७ हजार रुपैयाँमा कारोबार भयो। बुधबार पनि मूल्य उकालो लाग्दै प्रतितोला २ हजार रुपैयाँले बढेर ३ लाख १९ हजार रुपैयाँ पुगेको थियो।

तर साताको अन्त्यतिर भने बजारमा गिरावट देखियो। बिहीबार प्रतितोला २ हजार रुपैयाँले घट्दै सुनको मूल्य ३ लाख १७ हजार रुपैयाँमा झर्यो। शुक्रबार पुनः २ हजार ८ सय रुपैयाँले घट्दै प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ।

यसरी साताभरको कारोबार विश्लेषण गर्दा नेपाली बजारमा सुनको मूल्य समग्रमा प्रतितोला २ हजार ७ सय रुपैयाँले घटेको देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/