Thursday, July 30, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ। परिवार स्रोतका अनुसार मोहनप्रसाद ओली केही समयदेखि…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको छ।

परिवार स्रोतका अनुसार मोहनप्रसाद ओली केही समयदेखि अस्वस्थ थिए। उपचारका क्रममा गठ्ठाघरस्थित एक अस्पतालमा उनको निधन भएको हो।

स्वर्गीय ओलीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि परिवारको निवास गुण्डुमा राख्ने तयारी गरिएको छ। त्यसपछि आजै हिन्दू परम्पराअनुसार पशुपतिनाथ आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ।

स्वर्गीय मोहनप्रसाद ओलीका दुई छोरा र तीन छोरी रहेका छन्। उनको निधनपछि परिवारजन, आफन्त तथा राजनीतिक वृत्तमा शोकको वातावरण छ।

राजनीतिक दलका नेताहरू तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/