Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक

काठमाडौँ  — नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ  — नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको दरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ १२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ५५ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ।

त्यसैगरी, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ १७ पैसा र बिक्रीदर १७० रुपैयाँ ८६ पैसा कायम गरिएको छ। युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ २१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ०१ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। साथै वाणिज्य बैंकहरूले निर्धारण गर्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक दर राष्ट्र बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने बताइएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/