Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्सेमा हरियाली, परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा सुधार देखिएको छ। अघिल्ला दुई कारोबार दिन लगातार घटेको बजार यस दिन भने हरियालीतर्फ फर्किएको हो। बिहीबार नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको…


विज्ञापनAdvertisement Banner
2 min read

साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजारमा सुधार देखिएको छ। अघिल्ला दुई कारोबार दिन लगातार घटेको बजार यस दिन भने हरियालीतर्फ फर्किएको हो।

बिहीबार नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स ५.०१ अंकले बढ्दा फ्लोट इन्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.७२ अंकले वृद्धि भएको छ।

परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ। बुधबार १३ अर्ब १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको बजारमा बिहीबार ३३५ स्टकको १ लाख ३० हजार १५ पटकको कारोबारमार्फत १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँ बराबरको ४ करोड १६ लाख ८६ हजार कित्ता शेयर किनबेच भएको छ।

यस दिन सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै नेशनल हाइड्रोपावर कम्पनी र होटल फरेष्ट इनको शेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने दरमखोला हाइड्रो इनर्जीको मूल्य झण्डै ९.५ प्रतिशतले उकालो लागेको छ।

कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको करिब ६७ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको करिब ५७ करोड रुपैयाँ र कुमारी बैंकको ४४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

१३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूह घटेका छन्। बैंकिङ उपसमूह सबैभन्दा बढी २.०२ प्रतिशतले बढेको छ। विकास बैंक, वित्त, जलविद्युत र लगानी उपसमूह पनि बढ्दा होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य उपसमूहमा सामान्य गिरावट देखिएको छ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/