Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुर्खेतमा बलात्कारपछि हत्या घटनाको थप अनुसन्धान सीआईबीले गर्ने

काठमाडौं - सुर्खेतमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ। जिल्लास्थित प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सकेपछि थप प्राविधिक र…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – सुर्खेतमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गर्ने भएको छ। जिल्लास्थित प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान सकेपछि थप प्राविधिक र गहिरो अनुसन्धानका लागि सीआईबीसँग सहयोग मागेको हो।

प्रहरी निरीक्षकको नेतृत्वमा सीआईबीको विज्ञ टोली वीरेन्द्रनगर आइपुग्ने तयारीमा रहेको छ र टोलीले चाँडै अनुसन्धान सुरु गर्ने जनाइएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै केन्द्रीय स्तरबाट अनुसन्धान अघि बढाइने भएको हो।

प्रहरीका अनुसार घटनासम्बन्धी पोस्टमार्टम रिपोर्ट प्राप्त भइसकेको छ। प्रारम्भिक रिपोर्टले जबरजस्ती करणीपछि अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको देखाएको छ। थप प्रमाणका लागि पीडित र आरोपित पक्षका मोबाइल फोन तथा अन्य विद्युतीय सामग्री केन्द्रीय विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ। ती सामग्रीमा टक्सिकोलोजिकल र बायोसेरोलोजिकल परीक्षण भइरहेको छ।

अनुसन्धानका क्रममा कल डिटेल्स, विद्युतीय प्रमाण, तथा अन्य वैज्ञानिक विधिहरू प्रयोग भइरहेको प्रहरीले जनाएको छ। साथै, पोलिग्राफ परीक्षणका माध्यमबाट पनि तथ्य पत्ता लगाउने प्रयास भइरहेको छ।

घटनामा संलग्न रहेको आरोपमा चार जना किशोरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। ती सबै १८ वर्षभन्दा कम उमेरका रहेको बताइएको छ।

वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वन क्षेत्रमा फागुन २३ गते बिहान किशोरी मृत अवस्थामा फेला परेपछि घटनाले व्यापक ध्यान खिचेको थियो। पीडित परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।

अहिलेसम्म पीडित परिवारले शव बुझिसकेका छैनन् भने घटनाको अन्तिम निष्कर्ष वैज्ञानिक परीक्षण र थप अनुसन्धानपछि मात्र सार्वजनिक गरिने जनाइएको

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/