Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

यस्तो छ आजको तरकारी तथा फलफुलको थोक मूल्य

काठमाडौं - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (फागुन २६) का लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको सूचीअनुसार तरकारी, फलफूल, मसला तथा अन्य कृषि उत्पादनको…


विज्ञापनAdvertisement Banner
3 min read

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (फागुन २६) का लागि विभिन्न कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको सूचीअनुसार तरकारी, फलफूल, मसला तथा अन्य कृषि उत्पादनको मूल्य तोकिएको हो।

समितिका अनुसार ठूलो भारतीय गोलभेँडा प्रतिकिलो ७० रुपैयाँ, सानो स्थानीय गोलभेँडा ४० रुपैयाँ, सानो भारतीय गोलभेँडा ४८ रुपैयाँ तथा तराईको सानो गोलभेँडा ५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै रातो आलु प्रतिकिलो २४ रुपैयाँ, भारतीय रातो आलु २४ रुपैयाँ र सुकेको भारतीय प्याज ३५ रुपैयाँ प्रतिकिलो कायम भएको छ।

तरकारीतर्फ गाजर (लोकल) प्रतिकिलो ५० रुपैयाँ, गाजर (तराई) ४० रुपैयाँ, बन्दा (लोकल) ३५ रुपैयाँ, बन्दा (नरिवल) ३० रुपैयाँ तथा काउली ३० देखि ३५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। रातो मूला प्रतिकिलो ३५ रुपैयाँ, सेतो मूला १५ रुपैयाँ, हाइब्रिड सेतो मूला २० रुपैयाँ, लाम्चो भन्टा ५५ रुपैयाँ र डल्लो भन्टा ६० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको छ।

यसैगरी मटरकोसा प्रतिकिलो ३० रुपैयाँ, घिउ सिमी ३०–३५ रुपैयाँ, टाटे सिमी ६० रुपैयाँ, तिते करेला १६० रुपैयाँ, लौका ७० रुपैयाँ, घिरौँला ७० रुपैयाँ तथा फर्सी ६५ रुपैयाँ प्रतिकिलो तोकिएको छ। भिन्डी प्रतिकिलो १४० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, पिँडालु ६० रुपैयाँ र स्कुस ६० रुपैयाँ कायम गरिएको छ।

हरियो सागसब्जीतर्फ रायो साग प्रतिकिलो १५ रुपैयाँ, पालुङ्गो ६० रुपैयाँ, तोरी साग २५ रुपैयाँ, मेथी ६० रुपैयाँ तथा हरियो प्याज ४० रुपैयाँ प्रतिकिलो रहेको छ। च्याउ (कन्य) १०० रुपैयाँ, च्याउ (डल्ले) ३०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ १,००० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

फलफूलतर्फ स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) ३०० रुपैयाँ, केरा प्रतिदर्जन १९० रुपैयाँ, कागती प्रतिकिलो २६० रुपैयाँ र अनार ३३० रुपैयाँ प्रतिकिलो रहेको छ। हरियो अङ्गुर २१० रुपैयाँ, कालो अङ्गुर ३२० रुपैयाँ, सुन्तला १६० रुपैयाँ तथा तरबुजा ७० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

यसका साथै अदुवा प्रतिकिलो १२० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ, हरियो खुर्सानी २०० रुपैयाँ, अकबरे खुर्सानी ८५० रुपैयाँ, हरियो लसुन ५० रुपैयाँ तथा धनियाँ ५० रुपैयाँ प्रतिकिलो कायम भएको समितिले जनाएको छ।

समितिले बजारको माग तथा आपूर्तिको अवस्थालाई आधार मानेर दैनिक रूपमा कृषिउपजको थोक मूल्य निर्धारण गर्दै आएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/