Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

कोशी प्रदेशमा रास्वपाको ६ मध्ये ५ क्षेत्रमा जित

विराटनगर - कोशी प्रदेशमा जारी निर्वाचन मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बलियो सुरुआत गरेको छ। हालसम्म घोषणा भएका ६ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाममध्ये ५ क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ।…


विज्ञापनAdvertisement Banner
2 min read

विराटनगर – कोशी प्रदेशमा जारी निर्वाचन मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बलियो सुरुआत गरेको छ। हालसम्म घोषणा भएका ६ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाममध्ये ५ क्षेत्रमा रास्वपाले जित हासिल गरेको छ।

घोषित नतिजाअनुसार झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट बालेन्द्र शाह, झापा–३ बाट प्रकाश पाठक, मोरङ–२ बाट कृष्ण कार्की, मोरङ–४ बाट सन्तोष राजवंशी र मोरङ–५ बाट आशा झाले रास्वपाका तर्फबाट विजयी भएका छन्। त्यस्तै मोरङ–६ बाट रुविना आचार्यले पनि जित निकाल्दै रास्वपाको प्रभाव अझै बलियो बनाएकी छन्।

यता तेह्रथुम निर्वाचन क्षेत्रमा भने नेपाली कांग्रेसका सन्तोष वान्तवा निर्वाचित भएका छन्।

अघिल्लो निर्वाचनमा कोशी प्रदेशका १३ वटा निर्वाचन क्षेत्र जितेको नेकपा एमालेले यसपटक भने सुरुआती नतिजामा खासै सफलता हासिल गर्न सकेको छैन। हालसम्म घोषित नतिजामा एमालेले कुनै पनि क्षेत्रमा जित दर्ता गर्न सकेको छैन। यद्यपि इलामका दुईवटै निर्वाचन क्षेत्र, ताप्लेजुङ, धनकुटा र संखुवासभामा एमाले अग्रता कायम गरिरहेको छ।

त्यस्तै नेपाली कांग्रेस पाँचथर, ओखलढुंगा र सोलुखुम्बुमा अगाडि रहेको छ। बाँकी झापा–१, २ र ४, मोरङ–१ र ३, सुनसरी–२, ३ र ४ तथा उदयपुरका दुवै निर्वाचन क्षेत्रमा रास्वपा अग्रस्थानमा रहेको छ।

यसैबीच हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले सुनसरी–१, भोजपुर र खोटाङमा अग्रता लिइरहेको छ।

कोशी प्रदेशको मतगणनाको प्रारम्भिक नतिजाले नयाँ राजनीतिक समीकरणको संकेत गरिरहेको विश्लेषण गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/