spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारमनोरञ्जन‘आबाट आमा’ बन्यो २०८२ सालको दोस्रो धेरै कमाउने नेपाली फिल्म

‘आबाट आमा’ बन्यो २०८२ सालको दोस्रो धेरै कमाउने नेपाली फिल्म

काठमाडौं — निर्देशक चन्द्र पन्तको निर्देशनमा बनेको नेपाली फिल्म ‘आबाट आमा’ २०८२ सालको दोस्रो धेरै कमाउने फिल्म बनेको छ। मंगलबार मध्यान्हसम्म प्राप्त विवरणअनुसार फिल्मले कुल १२ करोड ३९ लाख ८९ हजार २३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

सोही अवधिसम्म फिल्मका ४ लाख ६९ हजार ४१४ टिकट बिक्री भएका छन्। यस उपलब्धिसँगै ‘आबाट आमा’ले अनमोल केसी अभिनीत फिल्म जेरी अन टपको कमाइलाई उछिनेको छ। ‘जेरी अन टप’ले १२ करोड २६ लाख ६ हजार २४० रुपैयाँ ग्रस कमाएको थियो।

यद्यपि, ‘आबाट आमा’ अभिनेता पल शाहको करिअरकै सर्वाधिक कमाउने फिल्म भने बनेको छैन। यसअघि उनको फिल्म शत्रु गतेले १२ करोड ६५ लाख ८२ हजार १३५ रुपैयाँ ग्रस कमाएको थियो।

मल्टिस्टारर ‘आबाट आमा’मा पल शाहसँगै विपना थापा, प्रदीप रावत, सिम्रन पन्त, उषा उप्रेती र साइग्रेस पोखरेलको अभिनय रहेको छ। पारिवारिक कथावस्तुमा आधारित यस फिल्मलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलिरहेको छ। निर्माता पक्षले फिल्मको दोस्रो श्रृंखला निर्माण गर्ने घोषणा पनि गरिसकेको छ।

यस वर्षको सर्वाधिक कमाउने नेपाली फिल्म भने परान बनेको छ, जसले १७ करोड ८४ लाख ४७ हजार ५७६ रुपैयाँ ग्रस कमाएको थियो। त्यस्तै, फिल्म ऊनको स्विटरले पनि १० करोडभन्दा बढीको व्यापार गर्दै उल्लेखनीय सफलता हासिल गरेको

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here