Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

तीन दिनमै १३ हजार ७ सयले बढ्यो सुनको मूल्य, तोलाको ३ लाख २८ हजार ६ सय रुपैयाँ

काठमाडौं  - नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ। यससँगै छापावाल सुनको मूल्य…


विज्ञापनAdvertisement Banner
2 min read
Closeup silver ingots and golden bullions in bank vault. Finance 3d illustration

काठमाडौं  – नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ। यससँगै छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ कायम भएको छ।

हिजो सोमबार सुन प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। आइतबार र सोमबार दुवै दिन सुनको मूल्य ५ हजार ६ सय रुपैयाँका दरले बढेको थियो। मंगलबार थप २ हजार ५ सय रुपैयाँले वृद्धि भएसँगै पछिल्ला तीन दिनमा मात्रै सुनको मूल्य १३ हजार ७ सय रुपैयाँले बढेको देखिएको छ।

यसैबीच, चाँदीको मूल्य भने घटेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला २०५ रुपैयाँले घटेर ५ हजार ८ सय १५ रुपैयाँ कायम भएको छ। सोमबार चाँदी प्रतितोला ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धि तथा विनिमय दरको प्रभावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको व्यवसायीहरू बताउँछन्। पछिल्ला दिनमा निरन्तर बढिरहेको सुनको मूल्यले उपभोक्ता तथा व्यवसायी दुवैलाई प्रभावित पारेको छ।

बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको प्रवृत्ति, डलरको मजबुती र लगानीकर्ताको सुरक्षित लगानीतर्फको आकर्षणले आगामी दिनमा पनि सुनको मूल्यमा थप उतारचढाव हुन सक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/