spot_img
19.1 C
Kathmandu
spot_img
Homeसमाचारमतदानका लागि उपत्यकाबाट गाउँ फर्किनेको भीड बढ्दो

मतदानका लागि उपत्यकाबाट गाउँ फर्किनेको भीड बढ्दो

प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। आफ्नो मताधिकार प्रयोग गर्दै गाउँ–ठाउँका प्रतिनिधि चयन गर्न सर्वसाधारण घर फर्किन थालेसँगै राजधानीका प्रमुख नाका तथा बसपार्कहरूमा भीड लाग्न थालेको छ।

संघीय राजधानीका विभिन्न बाहिरी नाकाहरूमा बिहानैदेखि यात्रुको चहलपहल देखिएको छ। विशेषगरी नयाँ बसपार्क गोंगबु र कलंकी क्षेत्र आसपास गाउँ फर्किनेहरूको लामो लाइन देख्न सकिन्छ। टिकट काउन्टर र सवारी साधनहरूमा यात्रुको चाप बढेको छ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र मधेस प्रदेशतर्फ जाने यात्रुको संख्या तुलनात्मक रूपमा धेरै रहेको छ। निर्वाचनलाई लोकतन्त्रको महत्वपूर्ण पर्वका रूपमा लिँदै मतदाताहरू व्यक्तिगत कामकाज स्थगित गरेर मतदानमा सहभागी हुन गाउँ जाने तयारीमा जुटेका छन्।

निर्वाचनको मिति नजिकिँदै गर्दा देशभर चुनावी वातावरण थप तातिँदै गएको छ भने मतदाताहरूको उत्साहले लोकतान्त्रिक प्रक्रियाप्रति विश्वास र प्रतिबद्धता झल्काएको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here