Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

हिमाल वाटर पार्कको आईपीओ तयारी, दोस्रो वार्षिक साधारणसभा आह्वान

काठमाडौं - हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेड ले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्तावसहित दोस्रो वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ। कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेड ले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रस्तावसहित दोस्रो वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ। कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको बैठकले चैत १२ गते बिहीबार दिउँसो १ बजे पर्साको वीरगञ्जस्थित रजिष्टर्ड कार्यालयमा साधारणसभा बोलाउने निर्णय गरेको हो।

साधारणसभामा आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश गरिनेछ। सार्वजनिक निष्काशनमार्फत सेयर जारी गर्ने क्रममा आवश्यक कागजात तयारी गर्ने तथा नियमनकारी निकायसँग आवश्यक पत्राचार गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पारित गरिने जनाइएको छ। साथै कम्पनीको नाम परिवर्तन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने एजेन्डा पनि समावेश छ।

त्यसैगरी, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, गत आवमा सञ्चालक समितिबाट भएका निर्णय अनुमोदन गर्ने र कार्यकारी प्रबन्ध सञ्चालकको तलब–भत्ता निर्धारण गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा रहेका छन्।

कम्पनीले आईपीओमार्फत सर्वसाधारणलाई सेयर स्वामित्वमा सहभागी गराउँदै पर्यटन तथा आतिथ्य क्षेत्रको विस्तारमा थप पूँजी परिचालन गर्ने लक्ष्य लिएको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/