Friday, July 31, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सुनचाँदीको मूल्यमा फेरि वृद्धि

काठमाडौं — स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु ३ लाख २० हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज…


विज्ञापनAdvertisement Banner
1 min read
Closeup silver ingots and golden bullions in bank vault. Finance 3d illustration

काठमाडौं — स्थानीय बजारमा आज सुन तथा चाँदीको मूल्यमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु ३ लाख २० हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला रु ३ लाख २६ हजार १०० पुगेको छ।

त्यस्तै, आइतबार प्रतितोला रु ५ हजार ९८५ मा खरिदबिक्री भएको चाँदीको मूल्य पनि बढेर आज प्रतितोला रु ६ हजार २० निर्धारण गरिएको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा समेत सुनको मूल्य उच्च रहेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस करिब ५ हजार ३६२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आएको मूल्यवृद्धिको प्रभाव स्थानीय बजारमा समेत परेको व्यवसायीहरूले बताएका छन्। पछिल्लो समय विश्व बजारमा देखिएको उतारचढाव, अमेरिकी डलरको विनिमय दर तथा आर्थिक अनिश्चितताले सुनचाँदीको मूल्यमा प्रत्यक्ष प्रभाव पारिरहेको छ।

व्यवसायीका अनुसार आगामी दिनमा अन्तर्राष्ट्रिय बजारको अवस्था अनुसार मूल्यमा थप परिवर्तन हुन सक्ने सम्भावना रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/