Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

सार्वजनिक बिदामा पनि दुई प्रकारका बैंकिङ सेवा सञ्चालन हुने

काठमाडौँ - प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सार्वजनिक बिदाका दिन पनि दुई प्रकारका बैंकिङ सेवा सञ्चालन हुने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आवश्यक सेवा निरन्तरता दिन…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौँ – प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सार्वजनिक बिदाका दिन पनि दुई प्रकारका बैंकिङ सेवा सञ्चालन हुने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आवश्यक सेवा निरन्तरता दिन निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकका अनुसार सरकारी कारोबार गर्न तोकिएका वाणिज्य बैंकहरूले भुक्तानी व्यवस्था तथा राजस्व दाखिला सेवा सञ्चालन गर्नेछन् । त्यसैगरी, निर्वाचन प्रचारप्रसारका लागि बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाले राजनीतिक दल तथा उम्मेदवारहरूको नगद, चेक वा अन्य विनिमेय साधनमार्फत रकम दाखिला तथा भुक्तानी सेवा उपलब्ध गराउनेछन् ।

बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचनलाई लक्षित गर्दै सरकारले फागुन बुधबारदेखि शुक्रबारसम्म सार्वजनिक बिदा घोषणा गरेको छ । सोमबार पहाडी क्षेत्रमा तथा मंगलबार तराईका २१ जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।

निर्वाचन अवधिमा आर्थिक कारोबार र प्रचारप्रसारसम्बन्धी वित्तीय गतिविधि अवरुद्ध नहोस् भन्ने उद्देश्यले उक्त व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/