Wednesday, July 29, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आज पहाडी क्षेत्रमा हर्षोल्लासका साथ होली पर्व मनाइँदै

काठमाडौं— देशका पहाडी जिल्लाहरूमा आज रंगहरूको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदै छ। हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण चाडका रूपमा रहेको होलीलाई वसन्त ऋतुको आगमन तथा असत्यमाथि सत्यम्को विजयको प्रतीकका रूपमा लिने गरिन्छ। धार्मिक मान्यताअनुसार होली…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं— देशका पहाडी जिल्लाहरूमा आज रंगहरूको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदै छ। हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण चाडका रूपमा रहेको होलीलाई वसन्त ऋतुको आगमन तथा असत्यमाथि सत्यम्को विजयको प्रतीकका रूपमा लिने गरिन्छ।

धार्मिक मान्यताअनुसार होली पर्वको सन्दर्भ भगवद् पुराण मा उल्लेखित भक्त प्रह्लाद र हिरण्यकश्यपको कथासँग जोडिएको छ। उक्त कथाअनुसार अत्याचार र असत्यविरुद्ध सत्य र आस्थाको विजय भएको स्मरणमा यो पर्व मनाउने परम्परा रहिआएको छ।

आज बिहानैदेखि युवायुवती, बालबालिका तथा वृद्धवृद्धासमेत एकअर्कालाई अबिर र विभिन्न रंग दल्दै, शुभकामना आदानप्रदान गर्दै तथा सांगीतिक कार्यक्रम आयोजना गर्दै होली मनाइरहेका छन्। विभिन्न स्थानमा सांस्कृतिक प्रस्तुति, नृत्य तथा सामूहिक उत्सवमार्फत पर्वको रौनक थपिएको छ।

होलीको अवसरमा आज सार्वजनिक बिदा दिइएको छ। पहाडी जिल्लामा आज मनाइने होली तराई क्षेत्रमा भने भोलि मनाइनेछ।

यसैबीच, प्रतिनिधिसभा निर्वाचन नजिकिएकाले स्थानीय प्रशासनले पर्व मनाउने क्रममा शान्ति, सुरक्षा र मर्यादालाई विशेष ध्यान दिन आग्रह गरेको छ। जबर्जस्ती रंग दल्ने, मादक पदार्थ सेवन गरी अशान्ति फैलाउने तथा झैझगडा नगर्न चेतावनी दिइएको छ।

प्रशासनले धार्मिक तथा सांस्कृतिक रूपमा आफ्नै घर कम्पाउण्डभित्र परिवार, आफन्त र साथीसंगीहरूसँग मर्यादित रूपमा पर्व मनाउन आग्रह गरेको छ। साथै, खुला सडक तथा सार्वजनिक स्थानमा भीडभाड गर्ने, मेला–महोत्सव आयोजना गर्ने, मञ्च निर्माण गरी सांगीतिक कार्यक्रम सञ्चालन गर्ने तथा निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि नगर्न समेत अनुरोध गरिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *