spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजारसुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट

सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं – सुपर खुदी हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट गरिएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आइतबार एक औपचारिक कार्यक्रमका बीच आईपीओ बाँडफाँट गरेको हो।

कम्पनीले फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८६ हजार ५०० कित्ता सेयर निष्कासन गरेको थियो। सो अवधिमा कुल २५ लाख ८० हजार ४७० आवेदन स्वीकृत भएको क्यापिटलले जनाएको छ।

मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको हो। जसअनुसार १ लाख २८ हजार ६५० जना आवेदकले समान रूपमा १०–१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्। बाँडफाँटको नतिजा सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

सुपर खुदी हाइड्रोपावरले लमजुङ जिल्लामा २६ मेगावाट क्षमताको माथिल्लो खुदी जलविद्युत् आयोजना निर्माण गरेको छ। आयोजनाको प्रतिमेगावाट लागत २० करोड ६९ लाख ३८ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार साधारण लगानी फिर्ता हुने अनुमानित अवधि ७.२१ वर्ष रहेको छ।

असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ५३ पैसा र प्रतिसेयर आम्दानी ४.४५ रुपैयाँ रहेको छ। हालसम्म कम्पनीले ४६ करोड ५३ लाख रुपैयाँ सञ्चित नाफा आर्जन गरेको जनाएको छ। केयर रेटिङ नेपालबाट कम्पनीले ‘बीबी’ रेटिङ प्राप्त गरेको छ।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here