Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

शिखर पावरको दोस्रो चरण आइपीओ आजबाट सर्वसाधारणका लागि खुला

काठमाडौं - शिखर पावर डेभलपमेन्ट लिमिटेड ले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आज फागुन १७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – शिखर पावर डेभलपमेन्ट लिमिटेड ले दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आज फागुन १७ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर बिक्री गरिसकेको थियो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल १८ लाख ४२ हजार ६०० कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको जनाएको छ। यसअघि कुल निष्कासित सेयरमध्ये १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ४४ हजार ४०० कित्ता कर्मचारीका लागि छुट्याइएको थियो।

सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमार्फत तथा सिडिएससी को ‘मेरो शेयर’ प्रणालीमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आइपीओ छिटोमा फागुन २२ गते बैंकिङ समयपछि बन्द हुनेछ भने पूर्ण आवेदन नपरेमा ढिलोमा चैत १ गतेसम्म खुला रहनेछ। यस निष्कासनको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले आयोजना विस्तार तथा वित्तीय संरचना सुदृढीकरणका लागि सर्वसाधारणबाट पूँजी संकलन गर्न आइपीओ जारी गरेको जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/