Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नबिल बैंकको ७१ हजार १४० कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं - नबिल बैंक ले ७१ हजार १४० कित्ता संस्थापक समूहको शेयर बिक्रीका लागि खुला गरेको छ। बैंकका अनुसार संस्थापक समूहअन्तर्गत रहेको उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरूबाट खरिदका लागि आवेदन नपरेपछि अन्य…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं – नबिल बैंक ले ७१ हजार १४० कित्ता संस्थापक समूहको शेयर बिक्रीका लागि खुला गरेको छ।

बैंकका अनुसार संस्थापक समूहअन्तर्गत रहेको उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरूबाट खरिदका लागि आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिएको हो।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ निर्धारण गरिएको छ। इच्छुक लगानीकर्ताले आवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ। आवेदन काठमाडौंको नारायणचौरस्थित नबिल इन्भेस्टमेन्ट बैंकिङमार्फत पेश गर्न सकिने व्यवस्था गरिएको छ।

बैंकले तोकिएको समयभित्र प्राप्त आवेदनको आधारमा नियमानुसार शेयर बाँडफाँट प्रक्रिया अगाडि बढाइने जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/