Sunday, September 13, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

नेप्से परिसूचक चौथो दिन पनि उकालो, ४ अर्बमाथि कारोबार

काठमाडौं - नेपाली शेयर बजारमा लगातार चौथो कारोबार दिन पनि सुधार देखिएको छ। साताको सुरुवातदेखि उकालो लागेको बजार बिहीबार पनि हरियालीमै बन्द भएको हो। आज नेप्से परिसूचक ६.०३ अंकले बढेर २,६५४ विन्दुमा…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – नेपाली शेयर बजारमा लगातार चौथो कारोबार दिन पनि सुधार देखिएको छ। साताको सुरुवातदेखि उकालो लागेको बजार बिहीबार पनि हरियालीमै बन्द भएको हो।

आज नेप्से परिसूचक ६.०३ अंकले बढेर २,६५४ विन्दुमा कायम भएको छ। चार कारोबार दिनमा बजार झण्डै ४० अंकले बढिसकेको छ, जसले लगानीकर्तामा उत्साह थपिएको देखिन्छ। आज १३७ कम्पनीको शेयर मूल्य बढ्दा ११८ कम्पनीको मूल्य घटेको छ।

आज ३३५ कम्पनीको १ करोड ५३ हजार कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब १७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। पछिल्ला दिनमा कारोबार रकममा समेत सुधार देखिएको छ। सबैभन्दा धेरै अपि पावर कम्पनीको ३२ करोड ६८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। त्यसैगरी आँखुखोला जलविद्युतको २१ करोड १३ लाख रुपैयाँ र एसवाई प्यानलको १५ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज सबैभन्दा धेरै कमाउनेमा सालपा विकास बैंकका लगानीकर्ता रहेका छन्। कम्पनीको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। रिलायन्स स्पिनिङ मिल्स ९.२६ प्रतिशत र हिम स्टार ऊर्जा ६ प्रतिशतले उकालो लागेका छन्।

यस दिन सबैभन्दा धेरै गुमाउनेमा नविल डिबेञ्चर २०८२ का इकाईधनी परेका छन्। उक्त डिबेञ्चरको मूल्य ३.६० प्रतिशतले घटेको छ। निर्जीवन बीमा समूह १.०९ प्रतिशत र फाइनान्स समूह ०.७१ प्रतिशतले बढ्दा चार उपसूचक भने ओरालो लागेका छन्।

समग्रमा, चुनाव नजिकिँदै जाँदा बजारमा सकारात्मक मनोविज्ञान देखिएको विश्लेषण गरिएको छ। लगातार सुधारको लय कायम रहने वा नहुने भन्नेमा आगामी कारोबार दिन निर्णायक हुने देखिएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/