spot_img
19.1 C
Kathmandu
spot_img
Homeबजारसेयर बजाररिज इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न, लगानीकर्ताले यसरी हेर्न सक्ने

रिज इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न, लगानीकर्ताले यसरी हेर्न सक्ने

काठमाडौं – रिज लाइन इनर्जी लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओको बाँडफाँड आज सम्पन्न भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलले बिहानै बाँडफाँड प्रक्रिया पूरा गरेको हो।

कम्पनीको आईपीओमा १ लाख १८ हजार २६ जनाले १० कित्ताका दरले कुल ११ लाख ८० हजार २६० कित्ता शेयर पाएका छन्।

कम्पनीको १ अर्ब १८ करोड ५० लाख रुपैयाँ जारी पुँजीमध्ये २२ प्रतिशत अर्थात् २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता साधारण शेयर सार्वजनिक निष्काशनका लागि स्वीकृत गरिएको थियो। यसमध्ये ११ लाख ८५ हजार कित्ता स्थानीय बासिन्दालाई र १ लाख ४२ हजार २०० कित्ता विदेशमा कार्यरत नेपालीहरूलाई छुट्याएर बाँडफाँड गरिएको छ।

दोस्रो चरणमा कम्पनीले २८ हजार ४४० कित्ता कर्मचारीका लागि र ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर सर्वसाधारणको लागि बिक्री गरेको हो।

आईपीओ नतिजा हेर्न चाहने लगानीकर्ताले प्रभु क्यापिटल र मेरोशेयर एकाउन्ट मार्फत, साथै सीडीएस एन्ड क्लियरिङको वेबसाइट iporesult.cdsc.com.np⁠� र कम्पनीको वेबसाइटबाट पनि नतिजा हेर्न सक्नेछन्।

spot_img
spot_img
spot_img
spot_img

ताजा खबर

विशेष समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here