Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

आईसीएफसी फाइनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं- आईसीएफसी फाइनान्स लिमिटेडले निष्कासन गरेको ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८९’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले फागुन ११ गतेदेखि बिक्री खुला गरेको उक्त ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन…


विज्ञापनAdvertisement Banner
1 min read

काठमाडौं- आईसीएफसी फाइनान्स लिमिटेडले निष्कासन गरेको ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८९’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले फागुन ११ गतेदेखि बिक्री खुला गरेको उक्त ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

कम्पनीले ५० करोड रुपैयाँ बराबरको, प्रतिइकाइ १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र जारी गरेको हो। तीमध्ये ३० लाख इकाइ व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने २० लाख इकाइ सर्वसाधारणका लागि छुट्याइएको छ। सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् १० हजार इकाइ सुरक्षित गरिएको छ।

७ वर्षे अवधिको यस ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज प्राप्त गर्नेछन्। न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख इकाइसम्म आवेदन दिन सकिने व्यवस्था छ।

आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखामार्फत दिन सकिनेछ। साथै, CDS and Clearing Limited को मेरो शेयर प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ। ऋणपत्रको बिक्री प्रबन्धकमा Kumari Capital Limited रहेको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/