Saturday, September 12, 2026 · काठमाडौं, नेपालCorporate Frontline
Asian Paints Royale advertisement

युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन, फागुन १७ गते बुक क्लोज

काठमाडौं - युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले हकप्रद सेयर निष्काशनका लागि फागुन १७ गते बुक क्लोज गर्ने भएको छ। यसअनुसार आजसम्म दोस्रो बजारमा कारोबार भई कायम रहने शेयरधनीहरू मात्र हकप्रद सेयरका लागि…


विज्ञापनAdvertisement Banner
2 min read

काठमाडौं – युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले हकप्रद सेयर निष्काशनका लागि फागुन १७ गते बुक क्लोज गर्ने भएको छ। यसअनुसार आजसम्म दोस्रो बजारमा कारोबार भई कायम रहने शेयरधनीहरू मात्र हकप्रद सेयरका लागि योग्य हुनेछन्। त्यसपछि खरिद गर्ने लगानीकर्ताले भने उक्त हकप्रद सेयरमा आवेदन दिन पाउने छैनन्।

कम्पनीले हालको चुक्ता पूँजीको १००ः१० अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो। यसअनुसार १० कित्ता सेयर बराबर १ कित्ता हकप्रद सेयर पाइनेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्दै २३ करोड १० लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्ने योजना बनाएको छ।

हकप्रद निष्काशनका लागि कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड बाट माघ २७ गते स्वीकृति प्राप्त गरिसकेको छ। स्वीकृतिपछि कम्पनीले निष्काशन प्रक्रिया अघि बढाएको हो।

कम्पनीका अनुसार संकलित पूँजी व्यवसाय विस्तार, जोखिम व्यवस्थापन तथा नियामकीय पूँजी संरचना सुदृढीकरणमा उपयोग गरिनेछ। बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धा र पूँजी आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले हकप्रदमार्फत पूँजी वृद्धि गर्न लागेको जनाएको छ।

उक्त हकप्रद सेयरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले तोकिएको अवधिमा आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो?

यो खबर सेयर गर्नुहोस् Facebook X WhatsApp Email

Leave a Reply

Your email address will not be published. Required fields are marked *

/*CFP_TITLE_TEST*/ - /*CFP_TITLE_TEST*/